सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता माघ ९ गते बाट

बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता माघ ९ गते बाट सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेबाट नगर स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको वार्षिक कार्यक्रम अन्तर्गत देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगित सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकरी दिए ।

Sana Kishan

महिलाहरुको क्रिकेट प्रतियोगिता तर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता हुन लागेको उनले बताए। शहीद दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । आइसीसिको नियम र आइपीएलको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष चन्दले बताए । यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५÷१५ सय प्रदान गरिने बताइएको छ । यस्तै अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.