महेन्द्रनगर । पछिल्लो समय भिडियो सम्पादनमा निकै लोकप्रियता कमाउदै आउनु भएका लोकेश भाटको सम्पादनमा रहेको “सम्झना बाडुल्की” गीतको भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा बिनोद थापा र शान्ति न्यौपानेको स्वर रहेको छ भने रोहत बिष्टको शब्द, कृष्ण बाजुरालीको संगीत तथा एरेञ्ज रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, आईटीमा र सम्पादनमा दख्खल ब्यक्ती लोकेश भाटको सम्पादन रहेको छ ।
सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
उक्त गीतको भिडियोका रोहित बिष्ट र स्वस्तिका हमालको अभिनय रहेको छ । यस गीतलाई वल्र्ड कभर मिडियाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियो हेर्न यहाँ https://youtu.be/HB5qymrzxGw क्लिक गर्नुहोला ।