बझाङ – मा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक जिल्लाको छबिसपाथिभेरा ५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।बझाङको छबिसपाथिभेरा गाउँपालिका ३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ ७ बजे ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
यस्तै ,ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार