Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्कुस : बहुउपयोगी र पोषिलो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वास्थ्यका लागि कम्ता पोषिलो छैन । तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ, मःम बनाएर खाए हुन्छ । आफुसँग पाककला भए, अनेकथरी परिकार बनाउन सकिन्छ ।

स्कुस निकै गुणी तरकारी हो ।

मानव स्वास्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा हो । स्कुस लौका प्रजातिको एक प्रकारको तरकारी हो ।

यसको उब्जनीको व्याख्या गर्ने हो भने यो विशेषतः मेक्सिको र ल्याटिन अमेरिकी देशहरूबाट उत्पत्ति भएको तरकारी हो । यसको उत्पादन अहिले त विश्वभरि नै फैलिएको छ ।

एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्वहरूसहितको यो तरकारी स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो भन्दा पनि फरक नपर्ला ।

स्कुसका तल उल्लेखित फाइदाहरू छन् ।

१. पोषक तत्वको धनी

स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ ।

क्यालोरी – ३९

कार्बाेहाइड्रेड – ९ ग्राम

प्रोटिन – २ ग्राम

भिटामिन सी –२६ प्रतिशत

कपर – १२ प्रतिशत

पोटासियम – ७ प्रतिशत

म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ ।

यस्तो खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।

२. एन्टिअक्सिडन्टको उपलब्धता

स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ ।

एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

३. मुटुको स्वास्थ्यका लागि

स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ ।

जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।

यसबाहेक स्कुस फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाएको छ ।

४. रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगी

घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बाेहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ ।

स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पु¥याउँछ ।

५. स्वस्थ गर्भावस्थालाई सहयोग गर्ने

स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ ।

प्रारम्भिक गर्भावस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका लागि फोलेट आवश्यक हुन्छ । पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ ।

२०० ग्रामको एउटा स्कुसले शरीरमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्ने गर्र्छ ।

यसैले, सन्तुलित आहारको एक भागको रूपमा स्कुस खानु स्वस्थ गर्भावस्थाको लागि उत्तम हुन्छ ।

६. क्यान्सर कम गर्न सहयोग

उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पु¥याउने गर्छ ।

एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ ।

यद्यपि यी नतिजाहरू पूर्ण क्यान्सर प्रतिरोधी भनेर प्रमाणित तथ्य भने होइनन् । तर यसले क्यान्सर कमगर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमाणित विषय हो । यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ ।

७. बुढेसकालमा हुने दृष्टिदोष कम गर्न

फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पु¥याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पु¥याउँछ ।

यसैले, भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

८. मिर्गाैलाको कामलाई सहज बनाउन

फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ ।

यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।

मुसामा गरिएको अध्ययनले पनि स्कुस खुवाएको मुसामा कोलेस्ट्रोल र फ्याट्टी एसिडको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छेको कलेजो स्वास्थ्यमा कसरी सहयोग पु¥याउँछ ?

९. स्वस्थ रूपमा वजन बढाउन

विभिन्न अध्ययनहरूले स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या ननिम्त्याउने समेत देखाएको छ । पछि तौल घटाउनु पर्ने अवस्था आयो भने पनि सहजै घटाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौला बढाउन मद्धत गर्छ ।

१०. पाचन स्वास्थ्यलाई सहयोग पु¥याउँछ

तपाईंको पाचन प्रणालीमा आवश्यक पर्ने विभिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहायक सिद्ध खानेकुरा हो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व