Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसो मौसममा बढ्यो मुटुको समस्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मीभन्दा जाडो मौसममा स्वास्थ्यमा धेरै खालका समस्या देखिन्छन्। यो मौसममा मुख्यतया निमोनिया, दम जस्ता फोक्सो सम्बन्धी समस्या देखिन्छन्।

यसका साथै चिसो मौसममा देखिने अर्को समस्या भनेको मुटु सम्बन्धी समस्या हो। चिसोको कारण मानिसमा शारीरिक सक्रियता कम हुने, खानपानको तुलनामा शारीरिक व्यायाम कम हुने जस्ता कारणले पनि रक्तचाप, मोटोपन जस्ता समस्या देखिने गर्छ। जसका कारण मुटुसम्बन्धी समस्या देखिने गर्छ।

चिसोका कारण रक्तनली खुम्चिने हुनाले शरीरमा राम्रोसँग रक्तसञ्चार हुन नसक्ने र यसले मुटुमा असर गर्ने हुनाले चिसो मौसममा मुटुका बिरामी धेरै थपिन्छन्। साथै पहिलेदेखि नै मुटुका बिरामी रहेकाहरूमा थप जटिलता थपिने जोखिम पनि धेरै हुन्छ।

गर्मीको तुलनामा चिसो मौसममा मानिसलाई हृदयाघात बढी हुने गरेको छ। चिसो मौसममा चिसोका कारण रक्त नलीहरू खुम्चने हुँदा रक्तसञ्चारमा समस्या आउने हुँदा मुटु सम्बन्धी समस्या भएका विरामी बढ्नुका साथै हृदघातको जोखिम धेरै हुने बताउँछन्‚ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. धर्मानाथ यादव।

‘चिसोका कारण रक्तनली खुम्चिने गर्छन जसले गर्दा शरीरमा रक्तसञ्चारमा समस्या आउँछ र त्यसले मुटुमा असर गर्ने हुँदा चिसो मौसममा गर्मी मौसमको तुलनामा मुटु सम्बन्धी समस्या लिएर धेरै विरामी आउनु हुन्छ’‚ डा. यादवले भने।

चिसोका कारण रक्तनली खुम्चिन नदिन सकेसम्म शरीरलाई न्यानो बनाइराख्ने गर्नु पर्छ। सकेसम्म यो मौसममा प्रातभ्रमणमा ननिस्कने, अन्य कामले बिहानको समयमा घर बाहिर निस्कन परे शरीर पूरै ढाक्ने गरी न्यानो कपडा लगाएर निस्कनुपर्ने डा. यादवको भनाइ छ।

‘चिसोको कारण शरीरमा रक्तसञ्चारमा समस्या आइरहेको हुन्छ त्यहीमाथि चिसोमा प्रातभ्रमण गर्दा झन् समस्या हुन सक्छ र हृदयाघातको पनि सम्भावना धेरै हुने भएकाले सकेसम्म यो मौसममा प्रातभ्रमणमा ननिस्केकै राम्रो हुन्छ’‚ डा. यादवले भने।

सामान्य छाती दुख्यो, श्वास फेर्न गाह्रो भयो तथा रक्तचापमा समस्या आयो भने सकेसम्म चाँडै चिकित्सकलाई देखाउनुपर्ने समेत उनको भनाइ छ। खाना धेरै रुचि हुने हुन्छ, यसले शरीरमा मोटोपन र आलस्यसमेत बढाउँदै लैजान्छ। हामीले खाने खानाले रगतमा कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ, जसको प्रत्यक्ष असर मुटुमा पर्ने हुँदा हृदयाघातको जोखिम बढ्छ।

यस्ता लक्षण देखिए सचेत रहनु होस्

चिसो मौसममा अन्य समयमा भन्दा रक्तचापको समस्या पनि देखिने गर्छ। गर्मीको तुलनामा चिसो मौसममा खानेकुरामा धेरै रुचि हुन्छ जसले गर्दा मोटोपन बढ्ने गर्छ भने अर्कोतर्फ चिसोका कारण शारीरिक अभ्यास समेत कम हुने गर्छ। यसले गर्दा रगतमा कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ, जसको प्रत्यक्ष असर मुटुमा पर्ने हुँदा हृदयाघातको जोखिम बढ्छ।

अधिकांश मानिसले यो लक्षण नै थाहा पाउँदैनन्। उकालो हिँड्दा, भ¥याङ चढ्दा स्वाँस्वाँ हुने, श्वास फेर्न असजिलो हुने, चिसो मौसममा पनि पसिना बढी आउने, निमोनियाको लक्षण जस्तै छातीको बीच भागमा दुख्ने यस्तै, चिसोको मौसममा धेरै छाती भारी भएर आयो, बारम्बार हातखुट्टा झम्झमायो भने सतर्क रहनुपर्छ।

कसरी बच्ने?

सकेसम्म बिहान घरबाहिर ननिस्कने, शरीरलाई न्यानो राख्ने, आफू बस्ने कोठालाई न्यानो राख्ने र एक्कासि धेरै चिसोमा ननिस्कने, चिसो हावा लागेको समयमा घर बाहिर ननिस्कने, चुरोट तान्दा धुवाँसँगै चिसो हावा पनि भित्र जाने र यसले सोझै मुटुमा असर गर्नसक्ने हुँदा धुम्रपान नगर्ने, कार्बोहाइड्रेट भएको खानेकुरा कम खाने। जाडोमा धेरै खाना रुच्ने हुन्छ, जसले शरीरमा मोटोपना बढाइदिन्छ र हृदयाघातको जोखिम बढ्छ। त्यसैले कार्बोहाइड्रेट भएको खाना कम खाने। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व