तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी को ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुने भएका छन् । कार्यक्रमको प्रमुख आतिथ्य विद्यादेवी भण्डारी ले गर्नुहुनेछ ।
‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा झलनाथ खनाल र उपेन्द्र यादव ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शीर्ष नेताहरूको संयुक्त उपस्थितिका कारण कार्यक्रमलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङमा भएको थियो । उहाँको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको गाडी दुर्घटनामा निधन भएको थियो ।










Discussion about this post