सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा घट्दै डेंगुको संक्रमण

सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले चारजनाको मृत्यु भइसकेको छ । डेंगुका कारण दार्चुलामा एक, कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

बैतडीमा ७३, दार्चुलामा ३ सय ३२, डोटीमा ८४,डडेल्धुरामा ४०,बाजुरामा २७, बझाङमा ३३, अछाममा ४०,कञ्चनपुरमा २ सय १४ र कैलालीमा ४ सय ३० मा डेंगु देखिएको जोशीले बताए ।

Sana Kishan

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए ।

World Link Ads
Mahakali Polytechnic

वर्षातमा दैनिक रुपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण घटाउन लार्भा नष्ट अभियान सञ्चालन गरिएको थियो । सगुन खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.