Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आटा ढुक्कले खाए हुन्छ, मैदा किन हुँदैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा–नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ । तर चिकित्सकहरु भन्छन्, ‘मैदा खानु स्वास्थ्यका लागि उचित छैन ।’

खासमा मैदा किन ‘खान हुन्न’ भनिन्छ ? मैदा कसरी बन्छ ? मैदाजन्य खानेकुराले शरीरमा के गर्छ ?

आटा र मैदामा फरक

आटा भनेको प्रकृति हो र मैदा भनेको विकृति । गहुँ अन्नहरूमध्ये सर्वोकृष्ट खाद्य पदार्थ हो । यसमा फाइबर, भिटामिन र मिनरल्स हुन्छ । यसमा भएका प्राकृतिक गुणहरूलाई नष्ट नगरी आटा तयार गरिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई हटाएर मैदा बन्छ, जसमा पोषिलो तत्व नष्ट हुनपुग्छ ।

मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई मिल्काएर मैदा तयार गरिन्छ त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ । त्यसैले आटालाई स्वस्थकर मानिन्छ र मैदालाई अस्वस्थकर ।

आटा सुपाच्य हुन्छ । आटाले क्षरीय तत्त्वको निर्माण गर्छ र यो सजिलै पच्छ । तर मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्त्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ ।

मैदामा अतिरिक्त रसायनको मिश्रण

मैदालाई सेतो र चम्किलो बनाउन ब्लिचिङ केमिकलको प्रयोग गरिन्छ । केही मिनरल्स केमिकलको पनि प्रयोग हुन्छ जसले गहुँमा भएको पोषकतत्त्व घटाउँछ । मैदालाई प्याक गर्नको लागि हावा सजिलै नपस्ने बोराको प्रयोग गरिन्छ । जुन खानेकुरामा हावा सजिलै प्रवाह हुँदैन त्यो खानेकुरा अस्वस्थकर हुन्छ ।

मैदा अखाद्य होइन तर अस्वस्थकर

मैदा अखाद्य भन्दा पनि हानिकारक हो । साबुनलाई खानेकुरामा मिसाइयो भने त्यो चाहिं अखाद्य हुन्छ, किनकि साबुन खानै मिल्दैन । मैदालाई खान त मिल्छ तर यो स्वस्थरकर भने होइन । मैदालाई हानिकारक खाद्य पदार्थ भन्न सकिन्छ । विश्वमा ८० देखि ९० प्रतिशत खानेकुरा मैदाकै छ । तर यसले हाम्रो स्वास्थ्यलाई फाइदा भन्दा पनि हानि गर्छ ।

मैदा बनाउँदा सबैभन्दा पहिले गहुँको बोक्रा निकालिन्छ । बोक्रामा फाइबर हुन्छ बोक्रा निकालेपछि त्यसमा फाइबर भएन । दानामा भिटामिन हुन्छ । धेरै मसिनो गरी पिस्दा धुँदा त्यसमा भएको भिटामिन पनि नष्ट हुन्छ । दानाको सबैभन्दा भित्रको भागमा सूक्ष्म पोषकतत्त्व ‘मिनरल्स’ हुन्छ । धेरै पिसेर निचोरेपछि त्यसमा भएको मिनरल्स पनि नष्ट हुन पुग्छ । यसरी यसमा भएका सम्पूर्ण गुण नष्ट भएपछि यो हानिकारक हुन्छ ।

मैदामा रमायो जिब्रो

हामी स्वस्थकरभन्दा पनि स्वादिलो खानेकुरामा बढी जोड दिन थाल्यौं । ६० किलोको शरीरलाई ध्यान नदिएर ६० ग्रामको जिब्रोको वशमा हामी परेका छौं । जसले हामीलाई मैदाजन्य खानेकुरा बढी मन पर्छ र बजारमा पनि त्यही मैदाले बनेको खानेकुरा बढी उपलब्ध हुन थाल्यो ।

गहुँको च्याँख्ला, दलिया र सामान्य आटा खायो भने हामी पुरानो जमानाको हुन्छौं । त्यही गहुँको मैदाबाट बनेको केक, पाउरोटी खायो भने सहरिया हुन्छौं । त्यसैले सहरिया आधुनिक हुने होडमा मान्छेले मैदाले बनेका खानेकुरा बढी खान थाले र बजारमा पाइने धेरैजसो खानेकुरा मैदाकै पाइन थाल्यो ।

आटा सजिलै पच्छ, मैदा पच्दैन

आटाको बोक्रामा हुने फाइबरले हाम्रो आन्द्रालाई सबलता दिन्छ । खानेकुरा टुक्रिन र पच्न फाइबर आवश्यक हुन्छ । तर मैदा बनाउँदा बोक्रा फालिन्छ । फाइबर नभएकाले मैदालाई हाम्रो पेटले राम्ररी पचाउन सक्दैन जसले गर्दा कब्जियत, अपच, भोक नलाग्ने, कोलेस्टेरोल हुने हुन्छ ।

स्वादका लागि र पेट भर्न मात्र मैदाजन्य खानेकुरा ठीक हो । तर स्वस्थ शरीरको लागि भने यो हानिकारक हो ।

ढुक्कले खाए हुन्छ आटा

आटा धेरै स्वस्थकर हो । तर आजभोलि बजारमा आटा पनि केमिकल प्रोसेसिङ भएको पाइन्छ । त्यसलाई भने ध्यान दिनुपर्छ । नत्र भने आटा ढुक्कले खाए हुन्छ । बजारमा अहिले चाउमिन चाउचाउ पनि आटाले बनेको पाउँछ । मःम पनि आटाबाट बनाउन सकिन्छ । आधुनिक कुरा खाए पनि आटाको खानु राम्रो हो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व