डोटीकी एक सुत्केरी महिलालाइ सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सायल गाउँपालिका–६ कि २५ वर्षीया धौली साउदको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको एनए ०६१ कल साइन हेलिकोप्टरद्वारा उद्धार गरि सुत्केरी महिलालाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको डोटीस्थित भैरव प्रसाद गणका गणपति जन्मतबहादुर कार्कीले जानकारी दिए ।
बिहीबार बिहान रक्तस्राव भएर जिल्ला अस्पताल डोटी पुगेकी उनको शिशुको गर्भमै मृत्यु भएको पाइएको थियो । शल्यक्रियामार्फत मृत शिशु निकालिएपछि उनलाई अत्यधिक रक्तस्राव भएको जिल्ला अस्पताल डोटीका मेसु निराजन श्रेष्ठले बताए । अत्यधिक रक्तस्राव पछि मात्रै सुत्केरीलाई रेफर गरिएको बताइएको छ । गोदावरी न्युज बाट सभार