सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावपछि मेरो ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ ।

बिहीवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासका लागि वातावरण तयार भएको उल्लेख गर्दै आउँदो चुनावपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Sana Kishan

उहाँले भन्नुभयो, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौँ । देश विकासको निम्ति वातावरण तयार भएको छ । आउँदो चुनावपछि फेरि एक पटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ । यसमा परिसङ्घका पदाधिकारीले खेलेको भूमिका धेरै महत्त्वपूर्ण छ ।’

World Link Ads
Mahakali Polytechnic

अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनुभयो । संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्त्व दिएको उहाँको दाबी छ । उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनुभयो ।

Dirghayu Ads

अध्यक्ष प्रचण्डले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताउनुभयो । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.