सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कृत गरिने

डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ । विद्यालय जाने उमेर समूहका, तर विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गराउने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

Sana Kishan

सामाजिक विकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेव महराका अनुसार आफ्नो समुदायमा रहेका यस्ता बालबालिकाबारे विवरणसहित जानकारी गराउने व्यक्तिलाई सम्मानित गरिनेछ । ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासहित शैक्षिक सत्र २०८० का लागि अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ ।

छुटेका बालबालिकाबारे विवरण पेस गर्दा विद्यालय नजाने बालबालिकाको नाम, बुबाआमाको नाम, ठेगाना र विद्यालय नजानुका कारणसहित नजिकको विद्यालय, वडा कार्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाइ, समाजिक विकास कार्यालयमध्ये कुनै एक ठाउँमा जानकारी गराउनुपर्ने कार्यालय प्रमुख महराले जानकारी दिनुभयो । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.