सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काफल बेचेर घरखर्चको जोहो गर्दै डोटीका महिला

डोटीको ग्रामीण क्षेत्र र राजमार्ग आसपास बस्ने न्यून आयस्रोत भएका परिवारका लागि काफल अहिले आम्दानीको स्रोत बनेको छ । विशेषत विपन्न परिवारका महिलाहरुले यो समयमा पाक्ने काफल बेचेरै खर्चको जोहो गर्ने गरेका छन् ।

भिमदत्त राजमार्गदेखि पहलमानसिंह स्वाँर राजमार्ग आसपासका क्षेत्रमा अहिले जङ्गली फल काफल बेच्नेको ताँती नै लाग्ने गरेको छ । उनीहरुले काफल बेचेर दैनिक पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

Sana Kishan

बजार तथा राजमार्गमा काफल बेचेर राम्रै आम्दानी गर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले बताउनु भयो । दिनभरी टिपेको काफल भोलिपल्ट बिहानै पिपल्ला, गैरा, बुडर, राजपुर, बग्लेक, सिलगढी, दिपायल लगायतका बजारमा लगेर बेच्ने गरेको उहाँले बताउनु भयो ।

World Link Ads
Mahakali Polytechnic

अहिले काफल हुने मौसममा राम्रो आम्दानी भइरहेको शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐर बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामी एक महिनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गर्छाैँ, अहिले काफल बिक्री गरेरै हाम्रो घर खर्च चलेको छ।’

बजारमा एक माना काफल ५० रुपैयाँमा बेच्ने गरेको उहाँले बताउनु भयो । काफल बेचेर आएको पैसाले नुन, चिनी, साबुन, बालबालिका लागि कापी कलम, झोला लगायत दैनिक घर खर्च टार्न पुगेको उनीहरु बताउँछन् । विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.