सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भदौ ५ गतेदेखि बैतडी सहित सुदूरका पाँच जिल्लामा बालबालिका लक्षित खोप अभियान

भदौ ५ गतेदेखि बैतडी सहित सुदूरपश्चिमका ५ जिल्लामा बालबालिकालक्षित कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ । बैतडी, दार्चुला, अछाम, डोटी र बाजुरमा ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

Sana Kishan

फाइजर खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको भट्टले बताए ।सरकारले दोस्रो चरण अन्तर्गत सुदूरपश्चिमका ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ ।

भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.