Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (0.5590278, 0.5590278); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई चिया निर्यातमा उत्पन्न समस्याको अध्ययन गरी तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका सुझावसहित दुई साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री कार्यालयका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

यसअघि भारतले लागू गरेको नयाँ प्रावधानका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी तथा किसानहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सदस्य रहेका छन्।

भारत सरकारअन्तर्गतको Tea Board of India ले हालै भारतमा आयात हुने सबै चिया खेप (कन्साइनमेन्ट) को अनिवार्य गुणस्तर परीक्षण, प्रयोगशाला शुल्क तिर्नुपर्ने तथा परीक्षण प्रतिवेदन नआएसम्म गोदाममा भण्डारण गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

नयाँ प्रावधानका कारण विशेषगरी साना तथा मझौला नेपाली चिया उत्पादक र निर्यातकर्ताहरू प्रभावित भएका छन्। भन्सार नाकामा लामो समयसम्म चिया बोकेका सवारी साधन रोकिँदा चियाको ताजापन र गुणस्तरमा असर पर्ने तथा व्यापार लागत समेत बढ्ने उद्योगीहरूको गुनासो छ।

सरकारले गठन गरेको कार्यदलले समस्याको समग्र अध्ययन गरी चिया निर्यातलाई सहज बनाउने उपायसहितको प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
अर्थतन्त्र

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अशोज ९, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा
अर्थतन्त्र

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व