Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको लालझाडी गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४६ करोड ५ लाख ९ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। यो बजेट गत आर्थिक वर्षको रु. ४४ करोड २२ लाख ९२ हजार ९९६ को तुलनामा रु. १ करोड ८२ लाख १६ हजारले बढी अर्थात् करिब ४.१२ प्रतिशतले वृद्धि भएको हो।

गाउँसभाको बीसौँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न दोस्रो बैठकले बजेट, कार्यक्रम तथा सम्बन्धित विधेयकहरू सर्वसम्मतिले पारित गरेको हो। गाउँसभा अध्यक्ष निर्मल रानाले बैठकको उद्घाटन गर्दै पहिलो बैठकबाट स्वीकृत विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकताका आधारमा दोस्रो बैठकका कार्यसूची अघि बढाइएको जानकारी दिनुभयो।

गाउँकार्यपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको आय–व्यय अनुमानसहितको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि सदस्यहरूले विकास प्राथमिकता, स्रोत परिचालन र सेवा प्रवाहका विषयमा सुझाव राखेका थिए। प्राप्त सुझावलाई आवश्यक परिमार्जनमा समेट्दै बजेट सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ४६ करोड ५ लाख ९ हजार आय हुने प्रक्षेपण गरेको छ। आयतर्फ आन्तरिक स्रोतबाट रु. ८० लाख, संघीय वित्तीय समानीकरणबाट रु. ९ करोड ५३ लाख, संघीय सशर्त अनुदानबाट रु. १५ करोड ६० लाख, विशेष अनुदानबाट रु. १ करोड २० लाख, समपूरक अनुदानबाट रु. २ करोड २९ लाख तथा संघीय राजस्व बाँडफाँडबाट रु. ९ करोड ९९ लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट समपूरक, विशेष, वित्तीय समानीकरण, सशर्त तथा राजस्व बाँडफाँडमार्फत विभिन्न शीर्षकमा प्राप्त हुने रकम समेत बजेटमा समावेश गरिएको छ।

व्ययतर्फ चालु खर्चका लागि रु. २५ करोड ७१ लाख ४९ हजार तथा पूँजीगत खर्चका लागि रु. २० करोड ३३ लाख ६० हजार विनियोजन गरिएको छ। सामाजिक सुरक्षा भत्ता सम्बन्धी बजेट भने यस बजेटमा समावेश गरिएको छैन।

बैठकले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि “विनियोजन विधेयक, २०८३” तथा कर, शुल्क र राजस्वका दर निर्धारणसम्बन्धी “आर्थिक विधेयक, २०८३” समेत सर्वसम्मत रूपमा पारित गरेको छ।

यसैबीच, न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष सपना चौधरी रानाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार चालु आर्थिक वर्षमा सम्पादन भएका विवाद निरूपण तथा मेलमिलापसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथिको छलफलपछि सभाले त्यसलाई समेत अनुमोदन गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार आगामी बजेटमा लालझाडीको केरा उत्पादनलाई ब्रान्डिङ गर्ने, युवामुखी स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गर्ने, अधुरा योजनाहरू सम्पन्न गर्ने तथा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणलाई तीव्रता दिने कार्यक्रम समावेश गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
अर्थतन्त्र

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अशोज ९, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा
अर्थतन्त्र

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व