Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेसन फाउन्डेसनले बालबालिकाको सिकाई यात्रा र विद्यालयको अध्यापन पद्धतिबारे अभिभावकहरूसँग अन्तर्क्रिया गर्दै दुई दिने ‘पाठ्यक्रम फ्रेमवर्क तथा अभिभावक साझेदारी दिवस’ सम्पन्न गरेको छ। विद्यालयले आफ्नो पाठ्यक्रम र दृष्टिकोणबारे अभिभावकहरूलाई बुझाउने र उनीहरूसँग बलियो साझेदारी कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ।

दुई चरणमा आयोजना गरेको उक्त अन्तर्क्रियात्मक कार्यक्रमको पहिलो दिन असार ६ गते शनिबार कक्षा १, २ र ३ का अभिभावकहरूसँग छलफल गरिएको थियो भने दोस्रो दिन असार ७ गते आइतबार कक्षा ४, ५, ६ र ७ का अभिभावकहरूसँग अन्तर्क्रिया गरिएको छ।

कार्यक्रममा सार्क एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले उपस्थित अभिभावकहरू माझ विद्यालयको पाठ्यक्रमको फ्रेमवर्क प्रस्तुत गर्नुभएको थियो। सो क्रममा उहाँले विद्यालयले अपनाइरहेको आधुनिक शिक्षण विधि र बालबालिकाको बौद्धिक विकासका रणनीतिबारे प्रष्ट पार्नुभएको थियो। डा. बस्नेतले घर र विद्यालय दुवै ठाउँमा बालबालिकाले कस्तो वातावरण पाइरहेका छन् र उनीहरूको सिकाईलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभिभावकहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नुभएको थियो।

अन्तर्क्रियाका क्रममा अभिभावकहरूले विद्यालयको पाठ्यक्रम र शैक्षिक वातावरणबारे आफ्ना अनुभव, जिज्ञासा र महत्त्वपूर्ण सुझावहरू राखेका थिए। विद्यालयले अभिभावकहरूबाट प्राप्त भएका ती रचनात्मक सुझावहरूलाई सङ्कलन गरेको र आगामी दिनमा पाठ्यक्रमको व्यवहारिक कार्यान्वयनमा ती सुझावहरूलाई समेटेर लैजाने जानकारी दिएको छ।

सोही अवसरमा विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल जेहेन्दार विद्यार्थी र उनीहरूका अभिभावकलाई सम्मान पत्र र नगदसहित विशेष सम्मान गरेको थियो। शैक्षिक क्षेत्रमा विद्यार्थीले प्राप्त गरेको सफलतामा अभिभावकको त्याग र मेहनतको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मानित गरिएको फाउन्डेसनले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने
Uncategorized

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व