सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

41
Sana Kishan

आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Karnali Traders

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताउनु भयो । उहाँका अनुसार कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी चार वटा प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

Arus

मनसुन सक्रिय भएको केही दिनपछि ठूलो पानी परेको भएपछि अहिले यो क्रम बिस्तारै कम भएको मौसमविद्ले बताएका छन् । आज प्रदेश–१, मधेस र वाग्मतीमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान छ। उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.