सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज राति सुदूरपश्चिमका केही ठाउँमा ठूलो बर्षाको सम्भावना

85
Sana Kishan

बैतडी –आज राति सुदूरपश्चिम सहित देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद्ले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।
मौसमविद् सजिना शाक्यका अनुसार राति सुदूरपश्चिम, प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

Arus
Karnali Traders

राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको उनले बताइन् ।

मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.