सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा ठूलो वर्षा, पहिरोग्रस्त र तटीय क्षेत्र सावधानी अपनाउन आग्रह

पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा ठूलो पानी परेको छ ।

झापाको शनिश्चरे, चन्द्रगढी आसपासमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरुमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यस्तै, निरन्तर पानी परेकाले पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदो तीन दिनसम्म जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा पनि सामान्य पानी परिरहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.