सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणमा संलग्न कामदारको भिरबाट लडेर मृत्यु भएको छ।

व्यास गाउँपालिका–२ मालगाउस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको हो।

Sana Kishan

नौगाड गाउँपालिका–४ सिप्टीका ४५ वर्षीय जयबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

World Link Ads

धामी सोमबार बिहान १० बजेतिर भिरबाट करिब ५ सय मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close