सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

नेपालका थप दुई प्रदेशमा मनसुन प्रवेश गरेको छ । अहिलेसम्म देशका ६ प्रदेशमा मनसुन प्रवेश गरिसकेको मौसमविद्ले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ ।

नेपालको प्रदेश–१ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । आज पनि देशका विभिन्न भू–भागमा बिहानदेखि पानी परिरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजोबाट मनसुनी वायुको प्रभाव शुरु भएको छ ।

Sana Kishan

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ । दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पानी पर्ने क्रम बढेसँग बाढी, पहिरो र डुबानको खतरा बढ्न सक्ने भएकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.