सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक भयो २१,००० एमएएच ब्याट्री भएको स्मार्टफोन , एक पटक चार्ज गर्दा ९४ दिनसम्म टिक्ने !

 

 

काठमाडौं । स्मार्टफोनको लोकप्रियता बढ्दै जाँदा उत्पादक कम्पनीहरूबीच नयाँ नयाँ फिचर सहितका स्मार्टफोन सार्वजनिक गर्ने होड चलेको छ । यस्तोमा कम्पनीहरू ब्याट्रीको क्षमता बढाउने, शक्तिशाली चिपसेट तथा क्यामेरा समावेश गर्ने आदि कार्यबाट बजारमा उपभोक्तालाई आफूतर्फ आकर्षित गर्न लागिपरेका छन् ।

यसैबीच डब्लूपी नाइन्टिन नामक एक चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ,२१००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

शक्तिशाली ब्याट्री भएको यो स्मार्टफोन एक पटक चार्ज गर्दा एक हप्तासम्म ढुक्कले चलाउन सकिन्छ । कम्पनीको दाबी अनुसार डब्लूपी नाइन्टिन स्मार्टफोनमा लगातार १२२ घण्टा कल, १२३ घण्टाको अडियो प्ले ब्याक, ३६ घण्टाको भिडिओ प्लेब्याक र २२५२ घण्टा अर्थात ९४ दिनको स्ट्यान्डबाई टाइम दिन्छ ।

Mahakali Polytechnic

यो स्मार्टफोनमा २७ वाटको फास्ट चार्जिङ रहेको यो स्मार्टफोन फुल चार्ज हुन चार घण्टा लाग्दछ । नयाँ अकिटेल एउटा मजबुत स्मार्टफोन हो, जसमा आईपी ६८ तथा आईपी ६९ रेटिङका साथै मिल एसटीडी ८१० जी डस्ट तथा वाटर प्रोटेक्सन रहेको छ । यो फोनमा ६.७८ इन्चको डिस्प्ले दिइएको छ ।

World Link Ads

जसमा फुल एचडी प्लस रेजोलुसन तथा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । मिडियाटेक हेलियो जी ९५ प्रोसेसर राखिएको अकिटेल डब्लूपी नाइन्टिन आठ जीबी ¥याम तथा २५६ जीबी स्टोरेजका साथ बजारमा आएको हो ।

Sana Kishan

यो फोनमा पछाडि तर्फ तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर र २० मेगापिक्सेलको सोनी नाइट भिजन आईआर मोड्युल रहेका छन् ।

यस बाहेक फोनमा १६ मेगापिक्सेलको सेल्फी शुटर समेत छ । एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा चल्ने यो फोन हाल अलिएक्सप्रेसमा बिक्रीका लागि उपलब्ध छ । जसको मूल्य ६९४ युरो अर्थात करिब ९२ हजार रुपैयाँ राखिएको छ ।

 

(स्रोत :  टेकपाना डटकम)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.