Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गृहमन्त्री लेखकद्वारा कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्‌घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १९, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्‌घाटन गरेका छन । बुधबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय र दोधाराचाँदनी नगरपालिका ६ दोधारामा रहेका  इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको उद्‌घाटन गरेका हुन् ।

नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिक स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकारण भइरहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले १७ असारमा नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति दुवै पाटीले अक्षेरस पालना गर्ने र त्यसमा कुनै दुबिधा नभएको दावी गरेका छन् ।

‘संसदीय व्यवस्थामा सम्भवत दुई ठूला दल मिल्नुपर्ने होइन, तर विशिष्ट परिस्थितिमा हामी मिलेका हौँ, ‘उनले भने, ‘काँग्रेस सभापति शेर बहादुर देउवा जि र सम्माननीय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्थिरता दिगो विकासका लागि हामी दुई दल एक भएका हौँ ।’ दुई दलबीचमा भएको सहमति अक्षेरस पालना गर्ने माथि भएको सहमति तल कार्यकर्तासम्मै कार्यान्वयनका लागि समेत आग्रह गरेका छन् ।

नागरिकलाई सेवा लिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री लेखकले संविधान संशोधन जनमुखी रुपमा बनाइने दावी गरेका छन् । ‘अझ संविधानलाई समावेशी चरित्रको राम्रो बनाउने हाम्रो लक्ष्य हो, ‘मन्त्री लेखकले भने, ‘यसमा कुनै राजनीतिक शङ्का उपशङ्का गर्नु पर्दैन्, यही विषय अघि सारेर राजनीतिक पनि गर्नु हुँदैन।’ गृहमन्त्री लेखकले दुवै पाटीको केन्द्रीय समितिले ७ बुँदे सहमति एकमतका साथ पारित गरेकाले वर्तमान सरकारको स्थायित्व हुने विश्वास समेत व्यक्त गरेका छन । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतोले प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर इप्रका दोधाराचाँदनीको कार्य प्रगति प्रस्तुत गरेका थिए ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको भवन आसिश कन्स्ट्रक्सन कम्पनीले झण्डै १३ करोड, २६ लाख, ६५ हजार ३३६ रुपैयाँ र ४ करोड, ५२ लाख, ८९ हजार ४ रुपैया इप्रका दोधाराचाँदनीको भवन साउद आलोक जेभिले निर्माण गरेका थिए । कार्यक्रममा समयमै गुणस्तरीय भवन इप्रका दोधाराचाँदनी र प्रहरी प्रहरीको भवन निर्माण गर्ने निर्माण व्यवसायी प्रकाश बहादुर सेटी, प्रहरीका इन्जिनियर प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतो, प्राविधिक प्रहरी बरिष्ठ नायक निरीक्षक हेमन्त सिह ठगुन्ना, निर्माण कम्पनीका इन्जिनियर प्रमोद पन्त, भीमदत्त नगरका मेयर पदम बोगटी, दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बु, दुरपाल सिह रानामगर, यम बहादुर मगरलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्माण व्यवसायी प्रकाश बहादुर सेटीले सम्झौता अवागै गुणस्तरीय सन्तोषजनक काम गरेको भन्दै निर्माण व्यवसायीको प्रसंसा गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले न्यूनतम स्रोत साधनका विच राज्यले सुम्पिएका जिम्मेबारी पुरा गरिरहेको बताए । यसैविच बुधबारै गृहमन्त्री लेखकले कञ्चनपुरका कार्यालय प्रमुखसंग समेत जिल्लाको बस्तुस्थिति बारे छलफल गरेका छन् । गृहमन्त्रीका निजी सचिव धर्मराज जोशीले जनतालाई सेवा सुविधादेखि सुशासन, वाढीपीडितका थप प्रतिकार्यका लागि तयारी गर्नदेखि नागरिकलाई राज्यबाट प्रदान गरिएका सेवा सुविधा सहज रुपमा प्रवाहका लागि निर्देशन दिएका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व