Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गृहमन्त्री लेखकद्वारा कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्‌घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र १९, बुधबार १६:५२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्‌घाटन गरेका छन । बुधबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय र दोधाराचाँदनी नगरपालिका ६ दोधारामा रहेका  इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको उद्‌घाटन गरेका हुन् ।

नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिक स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकारण भइरहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले १७ असारमा नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति दुवै पाटीले अक्षेरस पालना गर्ने र त्यसमा कुनै दुबिधा नभएको दावी गरेका छन् ।

‘संसदीय व्यवस्थामा सम्भवत दुई ठूला दल मिल्नुपर्ने होइन, तर विशिष्ट परिस्थितिमा हामी मिलेका हौँ, ‘उनले भने, ‘काँग्रेस सभापति शेर बहादुर देउवा जि र सम्माननीय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्थिरता दिगो विकासका लागि हामी दुई दल एक भएका हौँ ।’ दुई दलबीचमा भएको सहमति अक्षेरस पालना गर्ने माथि भएको सहमति तल कार्यकर्तासम्मै कार्यान्वयनका लागि समेत आग्रह गरेका छन् ।

नागरिकलाई सेवा लिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री लेखकले संविधान संशोधन जनमुखी रुपमा बनाइने दावी गरेका छन् । ‘अझ संविधानलाई समावेशी चरित्रको राम्रो बनाउने हाम्रो लक्ष्य हो, ‘मन्त्री लेखकले भने, ‘यसमा कुनै राजनीतिक शङ्का उपशङ्का गर्नु पर्दैन्, यही विषय अघि सारेर राजनीतिक पनि गर्नु हुँदैन।’ गृहमन्त्री लेखकले दुवै पाटीको केन्द्रीय समितिले ७ बुँदे सहमति एकमतका साथ पारित गरेकाले वर्तमान सरकारको स्थायित्व हुने विश्वास समेत व्यक्त गरेका छन । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतोले प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर इप्रका दोधाराचाँदनीको कार्य प्रगति प्रस्तुत गरेका थिए ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको भवन आसिश कन्स्ट्रक्सन कम्पनीले झण्डै १३ करोड, २६ लाख, ६५ हजार ३३६ रुपैयाँ र ४ करोड, ५२ लाख, ८९ हजार ४ रुपैया इप्रका दोधाराचाँदनीको भवन साउद आलोक जेभिले निर्माण गरेका थिए । कार्यक्रममा समयमै गुणस्तरीय भवन इप्रका दोधाराचाँदनी र प्रहरी प्रहरीको भवन निर्माण गर्ने निर्माण व्यवसायी प्रकाश बहादुर सेटी, प्रहरीका इन्जिनियर प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी महतो, प्राविधिक प्रहरी बरिष्ठ नायक निरीक्षक हेमन्त सिह ठगुन्ना, निर्माण कम्पनीका इन्जिनियर प्रमोद पन्त, भीमदत्त नगरका मेयर पदम बोगटी, दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बु, दुरपाल सिह रानामगर, यम बहादुर मगरलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्माण व्यवसायी प्रकाश बहादुर सेटीले सम्झौता अवागै गुणस्तरीय सन्तोषजनक काम गरेको भन्दै निर्माण व्यवसायीको प्रसंसा गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले न्यूनतम स्रोत साधनका विच राज्यले सुम्पिएका जिम्मेबारी पुरा गरिरहेको बताए । यसैविच बुधबारै गृहमन्त्री लेखकले कञ्चनपुरका कार्यालय प्रमुखसंग समेत जिल्लाको बस्तुस्थिति बारे छलफल गरेका छन् । गृहमन्त्रीका निजी सचिव धर्मराज जोशीले जनतालाई सेवा सुविधादेखि सुशासन, वाढीपीडितका थप प्रतिकार्यका लागि तयारी गर्नदेखि नागरिकलाई राज्यबाट प्रदान गरिएका सेवा सुविधा सहज रुपमा प्रवाहका लागि निर्देशन दिएका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा
मुख्य समाचार

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा

२०८१ भाद्र १९, बुधबार १६:५२
सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता
मुख्य समाचार

सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता

२०८१ भाद्र १९, बुधबार १६:५२
एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध
मुख्य समाचार

एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध

२०८१ भाद्र १९, बुधबार १६:५२

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ भाद्र १९, बुधबार १६:५२
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ भाद्र १९, बुधबार १६:५२
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ भाद्र १९, बुधबार १६:५२
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ भाद्र १९, बुधबार १६:५२
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ भाद्र १९, बुधबार १६:५२
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ भाद्र १९, बुधबार १६:५२

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व