सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

अहिले प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको र त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sana Kishan

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

World Link Ads

यसैबीच यस वर्षको मनसुनी प्रणाली पनि नजिक आउन थालेको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो। उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close