Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री बालेनको आगामी भारत भ्रमण र भ्रमणका क्रममा उठाइने विषयबारे छलफल भएको बताइएको छ।

भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिस्री बुधबार काठमाडौं आइपुगेका हुन्। भेटका क्रममा उनले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विस्थापित नागरिकको पुनर्स्थापना र पुनर्निर्माणमा भारत सहयोग गर्न तयार रहेको बताएका थिए।

जवाफमा प्रधानमन्त्री बालेनले भारतले नेपाललाई गर्दै आएको सहयोगप्रति प्रशंसा व्यक्त गरेको स्रोतले जनाएको छ।

सिंहदरबार स्रोतका अनुसार भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, सहयोग आदानप्रदान तथा आगामी दिनमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको छ। यद्यपि, भेटवार्ताबारे दुवै पक्षबाट औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गर्दै नेपालका परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले आवश्यक तयारी गरिरहेका छन्। भ्रमणको औपचारिक मिति र विस्तृत कार्यसूची भने सार्वजनिक भइसकेको छैन।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले आर्थिक सहयोग, विकास आयोजना र नयाँ सहकार्यका क्षेत्रलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। विशेषगरी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सडक तथा रेल सञ्जाल, हवाई सम्पर्क, व्यापार र पारवहन सहजीकरणका विषय छलफलका सम्भावित प्रमुख एजेन्डा रहेका छन्।

भारतीय विदेश सचिव मिस्रीको भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको मिति, कार्यसूची र नेपालले उठाउने प्राथमिकताका विषय टुंग्याउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना
फ्ल्यास हेडिङ

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही
राजनीति

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३
३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत
फ्ल्यास हेडिङ

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३
३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

कार्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व