काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको हो।
आज माइक्रोफाइनान्स समूहबाहेक सबै समूहका उपसूचक घटेका छन्। कारोबारमा आएका कम्पनीमध्ये २११ वटाको शेयर मूल्य घटेको छ भने ५६ वटाको बढेको छ। यस्तै, १२ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज कुमारी बैंकको डिबेन्चर (२०८६) को मूल्य ५ प्रतिशतले घटेको छ। बजार समग्रमा ओरालो लागे पनि कुमारी सबल योजनाको शेयर मूल्य भने झन्डै ३ प्रतिशतले बढेको छ।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएका छन्।










Discussion about this post