काठमाण्डौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन नभएको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आज भिडियो सन्देश सार्वजनिक गर्दै थापाले पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी लडाइँमा एक रुपैयाँ पनि लेनदेन नभएको स्पष्ट पार्नुभएको हो ।
इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा पार्टीको आधिकारिकताका विषयमा बार्गेनिङ भएको उल्लेख गरिएपछि थापाले यसबारे प्रतिक्रिया दिनुभएको हो ।
थापाले सापकोटाले भनेकै आधारमा आफूले जवाफ दिइरहन आवश्यक नभए पनि केही विषय स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र अनुसन्धानबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विशेष महाधिवेशन पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोह भएको उल्लेख गर्दै आफू कमजोर धरातलमा उभिएको व्यक्ति नभएको पनि बताउनुभएको छ ।










Discussion about this post