सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशको प्रायजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले प्रदेश–१, वाग्मती र गण्डकी प्रदेश तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Sana Kishan

अहिले प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ प्रदेश–१ को केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

शनिवार प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भइ प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.