हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷ चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रबार पनि प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। उपहार खबर बाट सभार









Discussion about this post