सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो रहनेछ आज देशभरको मौसम ?

100
Sana Kishan

काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली भएको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले बदली भएको हो ।

यहि वायुको प्रभावका कारण आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

Arus
Karnali Traders

आज प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार पनि प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मकालु खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.