हातका नङ्ग्रा खियाइ सके आराम पाए हुन्थ्यो
भोकाएको भोको पेटले माम पाए हुन्थ्यो ।
दुःख बेसाइ जीवन जिउन गाह्रो हुँदो रैछ
एक दुई मुठी खुसी किन्न दाम पाए हुन्थ्यो ।
गरीबीको फेदमुनि कैले सम्म बस्ने होला
मनका रहर बिसाउने ठाम पाए हुन्थ्यो ।
मुग्लान बस्ने भाइहरू नी कहाँ खुसी छन् र ?
गरिखान आफ्नै देशमा काम पाए हुन्थ्यो ।
गुमनाम भयो ‘प्रतीक’ यहाँ दुनियाँको भीडमा
आफूलाई चिनाउन नाम पाए हुन्थ्यो ।
– प्रजापति नेगी









Discussion about this post