सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

चुनावको दिन पानी पर्न सक्छ, मतपत्र भिज्न नदिन तयारी अवस्थामा बसौँ : मौसमविद्

63
Sana Kishan

मौसमविद्हरूले पालिका चुनावको दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न मौसमविद्हरूले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले ’आसानी’ नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउनुभयो । यस आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उहाँले बताउनुभयो ।

Arus
Karnali Traders

वैशाख ३० गते पालिका चुनावको दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बङ्गालको खाँडीमा न्यून चापीय अवस्था आसानी समुद्री आँधीको रूपमा विकसित भएको छ । यसको प्रभावले वैशाख २७ गते रातिदेखि २८, २९ र ३० गते पानी पर्ने सम्भावना देखिएको छ । उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो हप्तासम्म बढी पानी पर्ने अवस्था थियो ।‘

Nepali Khaja

जलवायुविद् डा. उप्रेतीले चुनवाको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभएको छ । उहाँले सुझाव दिँदै भन्नुभयो, ‘चुनावको मुखमा पानी पर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले तयारीमा ध्यान दिनुपर्छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुन सक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुन सक्छ ।‘ उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

85  +    =  92