Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा के नखाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

खानपान सम्बन्धी कतिपय सामान्य कुराहरुको हेक्का नहुँदा हामीले अनेकन स्वास्थ्य समस्या झेल्नुपर्छ । जस्तो कति खानेकुरा यस्ता हुन्छन्, जसलाई आपसमा एकसाथ खाँदा त्यो विषाक्त बन्छ । त्यसैगरी कति खानेकुरा खाली पेटमा खानु उचित हुँदैन । खानपानका यी सामान्य ज्ञान भएमा कतिपय संभावित जटिलताबाट बच्न सकिन्छ ।

दही

दही स्वास्थ्यका लागि अत्यान्तै उपयोगी पेय हो । क्याल्सियम र प्रोटिनको भरपुर स्रोत हो यो । दहीले पाचन सम्बन्धी समस्या कम गर्न र शरीरमा उर्जा बनाइराख्न सहयोग गर्छ । गर्मीको याममा यसले शरीरलाई शितल बनाइराख्छ । तर, दही सेवनमा केही सर्त पालना गर्नु जरुरी छ । अक्सर दही रातको समयमा खानु हुँदैन । त्यसैगरी खाली पेट पनि दही खानु उचित हुँदैन । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्न सक्छ ।

गोलभेडा

तरकारीमा मिसाउन होस्, अचार बनाउन वा सलादको रुपमा खान, गोलभेडा उपयोगी हुन्छ । त्यसो त हाम्रो भान्सामा गोलभेडा अनिवार्य जस्तै हुने गर्छ । गोलभेडा आफैमा स्वस्थ्यवद्र्धक पनि मानिन्छ । यसमा एन्टिअक्सिडेन्ट पर्याप्त हुन्छ । यसले उच्च रक्तचाप, मुटु रोगको जोखिम कम गर्छ । साथै गोलभेडामा भिटामिन सि, पोटासियम तथा फोलेट पनि पाइन्छ । यति गुणी गोलभेडा खाली पेटमा भने खान उचित हुँदैन । खाली पेटमा गोलभेडा खाँदा पत्थरी, ग्याष्ट्रिक तथा अल्सरको जोखिम बढाउँछ ।

केरा

सदाबहार फल हो, केरा । उत्तिकै गुणी पनि । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । यद्यपि खाली पेटमा केरा खानु रोग निम्त्याउनु बराबर हो । खासगरी माइग्रेन, एसिडिटीका समस्या भएकाले खाली पेटमा केरा खानै हुँदैन ।

अमिलो फलफुल

भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । विशेषगरी, जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हने गर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ । त्यसैले, विशेषज्ञहरु यस्ता फल सेवन गर्न सल्लाह दिने गर्छन् ।

कफी

धेरैको बानी हुन्छ बिहान कफी वा चिया पिउने । त्यस्तै दिक्कलाग्दो समय कटाउन होस् वा कुनै खुसी मेट्न, कफीको साथ खोजिन्छ । कतिपयमा कफीको लत नै हुन्छ । यद्यपि बिहान खाली पेटमा कफी पिउनु उचित मानिदैन । यसले अपच, एसिडिटीदेखि अल्सरको समस्या समेत निम्त्याउने जोखिम हुन्छ ।

पिरो र मसलेदार खानेकुरा

हामीलाई अमिलो, पिरो र मसलेदार खानेकुरा देख्नसाथ लोभ लाग्छ । मुखमा पानी आउँछ । कतिपयले हरेक छाकमा यस्तै स्वाद खोज्ने गर्छन् । यद्यपि खाली पेटमा पिरो वा मसलेदार खानेकुरा खानु भनेको अल्सरको जोखिम बढाउनु हो । एसिडिटी, ग्याष्ट्रिकदेखि पाचन यन्त्रको रोग बढाउनु हो ।

खाली पेटमा के खाने ?

बिहान उठ्नसाथ मनतातो पानी पिउनु जरुरी छ । यसले पाचन तन्त्रलाई निकै फाइदा गर्छ । खासगरी तामाको जग एवं भाडामा राखिएको पानी पिउँदा अन्य किसिमको लाभ पनि मिल्छ । यसैगरी मनतातो पानीमा मह मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ ।

यसैगरी मेवा पनि खाली पेटमा खाँदा धेरै फाइदाजनक हुने बताइन्छ । खरबुजा खाली पेटमा खानु लाभदायक हुन्छ । ड्राइ फ्रुट्स पनि खाली पेटमा सेवन गर्दा बढी फाइदा मिल्छ । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व