सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आगमी ३ दिनको मौसम !!

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

Sana Kishan

मंगलबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बुधबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका केही र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उपहार खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.