सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा घरभित्रको वायु प्रदूषणबाट बर्सेनि २२ हजारभन्दा धेरैले ज्यान गुमाउँदै : डब्ल्यूएचओ

नेपालमा हरेक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजारभन्दा धेरैको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्यमा मात्रै नभइ वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको सङ्गठनले जनाएको छ । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ ।

Sana Kishan

सरकारी विवरणअनुसार नेपालमा परम्परागत ऊर्जाको प्रयोग अहिलेसम्म पनि ६९ प्रतिशत बराबर हुने गरेको छ । त्यसमा दाउरा, गुइँठा र कृषि अवशेषलाई ऊर्जाका रुपमा खपत गरिन्छ ।

World Link Ads
Mahakali Polytechnic

व्यावसायिक ऊर्जाका रुपमा बिजुली, पेट्रोलियम पदार्थ र कोइलाको प्रयोग गरिन्छ । त्यसको हिस्सा २८ प्रतिशत बराबर छ । यसैगरी नवीकरणीय ऊर्जामा लघु जलविद्युत्, सौर्य ऊर्जा र बायोग्यास पर्छन् । अहिले विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने माग उठिरहेको छ ।

नेपाल ऊर्जा प्रतिष्ठानका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले सन् २०३० सम्ममा दिगो विकासको प्रतिबद्धता पूरा गर्न पनि खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो, सुलभ र आधुनिक ऊर्जा सेवामा पहुँचको ध्येय राख्दै गर्दा गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.