सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाईयो

भोजराज पन्त, कञ्चनपुर, २० चैत्र – कञ्चनपुरको वेदकोट नगरपालिका मा आज “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” मुल नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवस मनाईयो । वेदकोट नगरपालीका सहकारी शाखा प्रमुख पदम वहादुर ठकुराठीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालीका अर्थिक विकास संयोजक तथा वेदकोट नगरपालीका वडा नम्वर ५ का वडा अध्यक्ष गणेश वहादुर वि.क.(कुसल) प्रमुख अतिथि रहनु भएको थियो । वेदकोट नगरपालीका अर्थिक विकास संयोजक गणेश वहादुर वि.क कुसलले कार्यक्रममा सम्वोधन गदै भने “ सहकारीले अव उत्पादन तिर ध्यान दिनु जरुरी छ । सहकारीले उत्पादन गर्नु पर्दछ, उत्पादन गरेको वस्तु सबै सहकारीका शेयर सदस्यहरुले उपभोग गर्नु पर्दछ, सहकारीले उत्पादन गरेको वस्तु विक्रिभयो भने सहकारीको आर्थिक विकास हुन्छ, तव मात्र सहकारी आत्मर्निभर हुन्छ सहकारीको बिकास हुन्छ ।”


उनले भने “जनप्रतिनिधिले गएका वर्षमा उत्पादन मुखि भन्दा पनि सडक, मट मन्दिर देखिने ठाँउमा वजेट खर्च वढि भएको र अव सवै जनप्रतिनिधिहरुले उत्पादन मुखि वजेट वनाएर अगाडि वड्नु पर्नेमा जोड दिनु भयो” ।

Sana Kishan


कार्यक्रममा सभापति समेत रहनु भएका वेदकोट नगरपालिका सहकारी शाखा प्रमुख पदम बहादुर ठकुराठीले भन्नु भर्यो देशको तिन खम्वे अर्थ निति मध्ये शहकारी पनि एक हो’ । शहकारीहरुको जव सम्म आर्थिक भौतीक बिकास हुदैन तव सम्म देश विकास हुदैन त्यसैले सहकारीको विकास हुनु जरुरी छ । अहिले सहकारीहरु थपिने कार्य वढेका त छन् तर सहकारीहरुको काम गर्ने क्षमता को विकास भएको छैन । नगरपालीमा थुप्रै सहकारीहरुको कार्यालय छैन, वार्षिक साधारण सभा गरीरहेका छैनन्, वार्षिक लेखा परिक्षण गरीरहेका छैनन् अव त्यस्ता सहकारीलाई आर्वाहिको दायरामा लैजने उनले वताए । हाल वेदकोट नगरपालिका मा ५६ वटा सहकारी दर्ता रहेको जस्मध्ये १५—२० सहकारीले मात्र सक्रिय भएर कार्यगरीरहेको शाखा प्रमुख पदम बहादुर ठकुराठीले भन्नु भयो ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.