सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

नेपालमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सामान्य अवस्थामा आउन अझै केही दिन लाग्ने जनाएको छ। महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केहि स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख छ।

बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केहि स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ। राती पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Sana Kishan

महाशाखाले बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ। शुक्रबार प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

World Link Ads
Mahakali Polytechnic

महाशाखाले तराई भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.