सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अबको केही दिन मौसम बदली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ ।

Sana Kishan

केही दिन देशको धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.