मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही रही एक÷दुई स्थानमा हावाहुरी, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरूण पौडेलले जानकारी दिए। बाँकी भू–भागमा भने मौसम सामान्यतः सफा रहने छ।
राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।
शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post