आज देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने सम्भावना भने छैन । आज विषेशगरी प्रदेश– १ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा हावा चल्नेछ ।
खण्डखण्ड रुपमा हावा चल्नु भनेको कतै हावा चल्दा नजिकै अर्को कुनै ठाउँमा चल्दैन भनिएको हो । तर ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन । प्रि–मनसुनको समयमा बेलुका तिर हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गरेको भए पनि आज बेलुका भने सुक्खा हावा मात्रे चल्ने उहाँले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post