मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भेगको मौसम सामान्यतः सफा रहने जनाइएको छ।
शनिवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू–भाको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू–भागमा ह्लका वर्षाको सम्भावना रहेको छ। अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post