मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ। प्रदेश १ का एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण मंगलबार बिहान पहाडी भू–भागमा सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम सामान्य बदली रहे र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ। पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। थाहा खबर बाट सभार









Discussion about this post