आज सुदूरपश्चिम प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बिहानैवाट हुस्सु र कुहिरो लागेको छ ।
लामो समयपछि हिजो बिहानैवाट घाम लागेपनि आज भने पुरै हुस्सु र कुहिरोले ढाकेको छ ।
आज पहाडी जिल्लाहरुको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने भएको छ ।
मौसमबिद्का अनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ । चिसोवाट बच्न मौसमबिद्हरुले आग्रह गरेका छन् । गोदावरी न्युज बाट सभार









Discussion about this post