Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण र हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले ४९ बुँदे ‘घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३’ जारी गरेको छ।

दुईदिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणापत्र सार्वजनिक गरिएको हो। ‘हिमालको आवाज, स्थानीय तहको सङ्कल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारीः जलवायु न्यायका लागि साझेदारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरिएको थियो।

घोषणापत्रमा जलवायु न्यायलाई प्रमुख मुद्दा बनाउँदै हिमाली क्षेत्रको संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। जलवायु जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्वसूचना प्रणाली विस्तार, पूर्वकार्य र जलवायु उत्थानशील पूर्वाधार निर्माणमा जोड दिइएको छ।

त्यस्तै, जलस्रोत तथा जलसुरक्षा संरक्षण, जलवायु अनुकूल कृषि र पशुपालन, जैविक विविधता संरक्षण, स्थानीय जीविकोपार्जन तथा दिगो पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

घोषणापत्रले स्थानीय तहको जलवायु वित्तमा प्रत्यक्ष पहुँच, अनुदानमुखी जलवायु वित्त, स्थानीय जलवायु कोष र जलवायु बजेटमा पारदर्शिताको माग गरेको छ। जलवायुजन्य हानि–क्षति, विस्थापन तथा बसाइँसराइ र हिमाली समुदायको अस्तित्व संरक्षणका विषय पनि समेटिएका छन्।

महिला, सीमान्तकृत समुदाय र युवाको सहभागिता तथा नेतृत्व सुनिश्चित गर्नुपर्ने र स्थानीय ज्ञान तथा अनुभवलाई जलवायु नीति निर्माणमा समेट्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ।

सम्मेलनमा स्थानीय तथा आदिवासी ज्ञान, प्रकृति संरक्षण, नवीकरणीय ऊर्जा, हरित रोजगारी र जलवायु उत्थानशील अर्थतन्त्र प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको औँल्याइएको छ।

सम्मेलनमा सातै प्रदेशका ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन
अर्थ/ब्यापार

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल
खेलकुद

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै
फ्ल्यास हेडिङ

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व