सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मौसम सामान्य बदली : सुदूरपश्चिम र कर्णालीका एक÷दुई ठाउँमा हल्का वर्षा

140
Sana Kishan

सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ ।

बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै रहने अनुमान छ ।

Arus
Karnali Traders

दिउँसोपख सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । केही दिन अघिको वर्षा र निरन्तरको हिमपात तथा तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । उज्यालो अनलाइन बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  48  =  54