सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

Sana Kishan

दिउँसो गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा मौसम बदली रही बाँकी प्रदेशमा सामान्यतया बदलीको सम्भावना रहेको छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्का र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

राति पहाडी भू–भागमा मौसम बदली रहने जनाइएको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.