सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन

287
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हो, जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्छ भनेर प्रधानमन्त्रीज्यूले निर्देशन गर्नुभयो, त्यहीअनुसार हामीले केही योजनाहरू बनाएका छौँ,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले इकान्तिपुरसँग भने ।

Arus

मन्त्री खतिवडाका अनुसार खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू भएका छन् ।

Karnali Traders

बैठकले देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन चुस्तदुरुस्त राख्ने लगायत निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

बैठकले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने अत्याधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत सामाग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापति लगायत सीसीएमसीका अधिकारीहरू सहभागी थिए । ekantipur.com बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.