पृथ्वीमा सुँगुरले कतिपय कुरामा सन्तुलन कायम गरिरहेको हुन्छ। हामीमध्ये कतिलाई यी कुरा थाहा नहुन पनि सक्छ। सुँगुरहरू घरपालुवा र जंगली हुन्छन्। शान्त स्वाभावका स्तनधारी यी प्राणीका विषयमा केही तथ्य जानिराखौं।
सुँगुरको रौं यति कडा हुन्छ कि पेन्ट गर्ने तथा कपाल कोर्ने ब्रसहरू यसैबाट बनाइन्छ।
संसारमा करिब ३ अर्बभन्दा बढी सुँगुर छन्।
सन् १९७२ मार्च १ देखि हरेक वर्ष अमेरिकामा सुँगुर दिवस मनाउँछन्।
सुँगुर झण्डै १८ किलोमिटर प्रतिघन्टाको दरले दौडन सक्छ।यसलाई भेटाउन धेरै गाह्रो हुन्छ।यो सिधा दौड्नुको सट्टा बांगोटिंगो दौडन्छ।
सुँगुरबाट करिब ४० प्रकारका औषधि पाइन्छ।
मानिसको हड्डी भाँचियो भने सुँगुरको बोसोले मालिस गर्दा छिटो ठीक हुन्छ।
सबैभन्दा धेरै सुँगुर चीन र अमेरिकामा छन् भने सबैभन्दा थोरै अफगानिस्तानमा छन्।
चिनियाँ राशिअनुसार सुँगुर भाग्य, इमान्दारी तथा खुसीको प्रतीक हो।
कानुनअनुसार इजरायलमा यहुदीले सुँगुर पाल्न पाइँदैन भने फ्रान्समा सुँगुरको नाम नेपोलियन राख्न पाइँदैन।
सुँगुरले एक वर्षमा २ पटक र एकपटकमा ७ देखि १२ वटासम्म बच्चा जन्माउँछन्।
यसको पसिना आउने ग्रन्थी हुँदैन।त्यसैले सुँगुर पानी या चिसो ठाउँमा बस्न रुचाउँछन्।
सुँगुर ३ वर्षको बच्चा तथा कुकुरभन्दा ज्यादा समझदार हुन्छन्।समझदारको सूचीमा यो चिम्पान्जी, डल्फिन र हात्तीपछि चौथो नम्बरमा आउँछ।
सुँगुरले भिडियो गेम पनि खेल्न सक्छ।
शरीर अनुसार सुँगुरको फोक्सो धेरै सानो हुन्छ।
यसले मानिसले भन्दा पनि बढी प्रकारका स्वाद चाख्न सक्छ।
सुँगुरले आकाशतर्फ कहिल्यै हेर्न सक्दैन।
संसारमा सबैभन्दा बढी सुँगुरको मासु खाइन्छ। अरूको भन्दा यसको मासुमा ३ गुणा बढी इम्युन सिस्टम बलियो बनाउने तत्वहरू हुन्छन्।
करिब ५ देखि ७ हजार वर्ष पहिले सुँगुरलाई पाल्तु जनावर बनाइएको थियो।
अन्टार्कटीकाबाहेक संसारका सबै क्षेत्रमा यसलाई पाउन सकिन्छ।
सुँगुरले १ दिनमा करिब ५० लिटर पानी पिउन सक्छ ।
यो जेट इन्जिनभन्दा ठूलो स्वरले कराउन सक्छ।
सुँगुरहरू एकआपसमा गफ पनि गर्छन्।
मानिसजस्तै सुँगुर पनि सपना देख्छन्।
सुँगुरहरू लगभग ८ वर्ष बाँच्छन्।
यिनीहरू शान्त हुन्छन्।बाध्यात्मक अवस्थामा बाहेक आक्रामक देखिँदैनन्।
सुँगुरहरू सर्वहारी हुन्छन्।विस्तारै खाना खान्छन्।
खानेकुरा चपाइचपाई आनन्दले खान्छन्।
(विभिन्न एजेन्सीको सहयोगमा)