सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : हाइस र टेलर एकआपसमा ठोक्किँदा ५ जना घाइते

बैतडीमा हाइस र टेलर एक आपसमा ठोक्किँदा हाइसमा सवार ५ जना यात्रु समान्य घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको मेलौली आउँदै गरेको सु.प.प्र ०१००१ ज १३३४ नम्बरको हाइस र बैतडीबाट धनगढी जाँदै गरेको ना ६ ख ५६५९ नम्बरको टेलर पाटन नगरपालिका ६ हिरापुरमा एक आपसमा बुधबार साँझ पौने ५ बजेतिर एकआपसमा ठोक्किएका हुन् ।

हाइसले गलत साइडबाट टेलरलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

Sana Kishan

दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका ६ का ५५ बर्षीया भागा कुमाल, सोही ठाउँका ५० बर्षीय गोपाल कुमाल, पाटन ६ कै ३२ बर्षीया रेखा केसी, पाटन ६ कै १६ बर्षीय आदित्य केसी र शिवनाथ गाउँपालिका ३ की २१ बर्षीया सरस्वती साउँद समान्य घाइते भएका छन् । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

हाइस र टेलर ठोक्किँदा हाइस सडक छेउमै पल्टिएको छ भने दुवै साधन र चालकहरु प्रहरी नियन्त्रणमा रहेका छन् । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.