सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेका छन् । मोदीको विरोधलाई लक्षित गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ ।

Sana Kishan

यस्तै मित्रराष्ट्र र त्यहाँका प्रमुखविरुद्ध हुने गतिविधि नियन्त्रण गरिने र संलग्नलाई कारबाही गर्ने पनि गृह मन्त्रालयले चेतावनी दिएको छ । सरकारले सबै मित्रराष्ट्रसँगको पारस्परिक सम्बन्ध अझै प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्ध गतिविधि हुन नदिन कटिबद्ध रहेको पनि जनाएको छ । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.